२०८१ बैशाख १७, सोमबार    

‘सफा हेटौंडा’ अभियान यस हप्ता पनि जारी

२०७९ पौष ९, शनिबार १८:०० बजे

हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको ‘सफा हेटौंडा’ अभियान यस हप्ता पनि जारी रहेको छ ।

उपमहानगरपालिकाको अगुवाइमा शनिबार हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर र हेटौंडा–२ को संगमचोक तथा सिद्धार्थ उच्च मावि क्षेत्रमा सरसफाइ गरिएको हो । मेयर मीनाकुमारी लामाको उपस्थितिमा स्थानीय जनप्रतिनिधि, विभिन्न क्लबका पदाधिकारी तथा कार्यसमिति, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति रहेको थियो ।

उपमहानगरपालिकाले हेटौंडालाई सफा नगरीको रुपमा देशैभर परिचित गराउन प्रत्येक शनिबार स्थानीय टोल विकास संस्थासँग समन्वय गरी विभिन्न रचनामूलक कार्यहरु गरिरहेको छ ।