२०८१ बैशाख २४, सोमबार    

दबाब र प्रभावमा पर्दिन : प्रमुख जिल्ला अधिकारी

२०८० असार १७, आईतबार १६:०७ बजे

भर्खरै मात्र सरुवा भएर मकवानपुर आएका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईंले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यभार सम्हालेसँगै आइतबार जिल्लाका सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले आफ्नो प्राथमिकता तय गरेर काम गर्ने बताए । उनले लागूऔषध न्यूनीकरण, राजमार्ग विस्तार तथा छोटो मार्गको सडकको स्तरोन्नति, ट्राफिक नियन्त्रण र ढुंगागिट्टी बालुवाको अबैध कारोबारलाई रोक्न आवश्यक कदम चाल्ने बताए ।

प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको समस्याको विषयमा सञ्चारकर्मीले जानकारी दिएका थिए ।