२०८१ बैशाख १२, बुधबार    

तिलगंगा आँखा अस्पताल हेटौंडा सार्न ३० करोड लाग्ने

२०७९ भाद्र १३, सोमबार १८:१३ बजे

तिलगंगा आँखा अस्पताललाई हेटौंडा सार्नका लागि करिब ३० करोड रुपैयाँ आवश्यक पर्ने भएको छ । अस्पताल हेटौंडा सार्ने विषयमा अस्पतालका संस्थापक डा. सन्दुक रुइतसहितको टोलीवीच अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’सँग छलफल गरेको थियो ।

भेटमा तिलगंगा आाखा अस्पतालको टोलीले तिलगंगास्थित हालको भवन साँघुरो भएकाले हेटौंडामा स्थानान्तरण गर्ने योजनाबारे जानकारी गराएको छ । अस्पताल सार्नका लागि रुइतले सरकारसाग अनुदान माग गरेका छन् । अर्थमन्त्री शर्माले सहयोग गर्ने वचन दिए । यसका लागि ३० करोड रकम लाग्ने अनुमान गरिएको छ ।

आँखा अस्पताललाई प्रतिष्ठान वा विश्वविद्यालयका रूपमा विकसित गर्ने बारेमा पनि मन्त्रालयमा छलफल भएको छ । अहिले एनजीओको रुपमा सञ्चालनमा रहेको अस्पताललाई सरकारको मातहत ल्याउने विषयमा पनि छलफल भएको अर्थमन्त्री शर्माको सचिवालयले जानकारी दिएको छ ।

अर्थमन्त्रीसँगको भेटमा डा.रुइतले हाल तिलगंगाले वार्षिक साढे ३ लाख हाराहारीमा लेन्स बिक्री गरिरहेको जानकारी दिए । वार्षिक १० लाख पुर्याउने योजना रहेको पनि उनले सुनाए । डा. रुइतका अनुसार यस अस्पतालले उत्पादन गरेको लेन्सको सबैभन्दा बढी खपत चीनमा भइरहेको छ ।