२०८१ बैशाख १७, सोमबार    

पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

२०८० श्रावण २५, बिहीबार १८:५० बजे

पहिरोका कारण हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत् कान्तिलोकपथ सडकखण्ड अवरुद्ध बनेको छ ।

विहीबार परेको वर्षासँगै विभिन्न स्थानमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध बनेको हो । उक्त सकडखण्डअन्तर्गत् पर्ने ललितपुर जिल्लाको वाग्मती गाउँपालिकाको छपेली, कोतडाँडा, काल्चेलगायतको विभिन्न स्थानमा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पानी पर्ने क्रम नरोकिएकोले तत्काल बाटो खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ । उक्त सडकखण्डअन्तर्गत् पर्ने मकवानपुरतर्फ बाटो भने अवरुद्ध नभएको उनले बताए ।