बाघको आक्रमणबाट हेटौंडामा २ जना घाइते भएका छन् । बुधबार बिहान ८ बजे बाघको आक्रमणबाट घाइते हुनेमा हेटौंडा-१५ बुद्धचोकका १७ वर्षीय सुमन घलान र ६५ बर्षीय कृष्णबहादुर घलान रहेका छन् ।
उनीहरूको हेटौंडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बाख्रा चराउन गएका उनीहरूले पर्सा राष्ट्रिय निकुञ्जबाट आएको बाघले बाख्रालाई आक्रमण गरेपछि धपाउन खोजेका थिए । त्यहीबेला बाघले उनीहरूलाई आक्रमण गरेको थियो ।