२०८१ बैशाख १२, बुधबार    

शालिकरामलाई विश्वासको मत दिन कांग्रेसको निर्देशन

२०७९ माघ ३, मंगलबार १३:०१ बजे

नेपाली कांग्रेस वाग्मती प्रदेशको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन निर्देशन दिएको छ ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा हेटौंडामा बसेको कांग्रेस प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्क्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशत्त प्रतिपक्षीको भूमिकामा रहन निर्देशन दिने निर्णय भएको प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।

१ सय १० सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ५६ मत चाहिन्छ । मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन् । सत्ता साझेदार दलसँग बहुमत रहेको छ ।

माघ १ गते पोखरामा भएको यती एयरलाईन्सको प्लेन दुर्घटनामा मृत्यु भएकालाई श्रद्धाञ्जली अर्पण गर्दै पीडितलाई तत्काल राहात उपलब्ध गराउँदै नेपालको हवाई क्षेत्रमा हुने गरेका दुर्घटना न्युनीकरण गरी शुन्यमा झार्ने व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गर्ने निर्णय गरिएको प्रवक्ता रुवालीले बताए ।