२०८१ बैशाख १५, शनिबार    

हेटौंडामा सूर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाइने

२०८० असार १६, शनिबार १८:१९ बजे

हेटौंडा उपमहानगरपालिकाले सूर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाउने भएको छ ।

शनिबार हेटौंडामा भएको उपमहानगरपालिकाको १३ औं नगरसभाको दोस्रो वैठकले आगामी आर्थिक वर्षबाट नगरको सीमाभित्र सूर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो । उपमहानगरका प्रवक्ता सविन न्यौपानेका अनुसार सूर्तीजन्य पदार्थ विक्रीवितरणमा रोक लगाउने निर्णय भएपनि  कार्यान्वयका लागि अब कार्यविधि निर्माण हुने बताए ।

‘कार्यविधि निर्माण गरेर निर्णय कार्यान्वयनको बाटोमा हामी अगाडि बढछौं ।’, उनले भने ।