२०८१ बैशाख १६, आईतबार    

मिडियास्तरीय फुटसल प्रतियोगिता हुने

२०७९ चैत्र १९, आईतबार १५:१४ बजे

नेपाल खेकलुद पत्रकार मञ्च समन्वय शाखा मकवानपुरले तालिम र खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

मञ्चका अध्यक्ष राजन दाहालको अध्यक्षतामा आइतबार बसेको बैठकले जिल्लामा खेल पत्रकारितामा चासो राख्ने पत्रकारहरुका लागि दुई दिने तालिम र मैत्रीपूर्ण मिडियाकप रनिङ शिल्ड फुटसल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

मञ्चले २०८० वैशाख १५ र १६ गते पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ भने बैशाखकै २९ र ३० गते फुटसल प्रतियोगिता गर्ने निर्णय गरेको मञ्चका सचिव गणेश दर्पण अधिकारीले जानकारी दिए । मञ्चले गर्ने तालिमको संयोजन सचिव अधिकारीले गर्ने छन् भने प्रतियोगिताको नवीन तिमल्सिनाले संयोजन गर्ने छन् । दुबै कार्यक्रम आयोजनाका लागि हेटौंडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

फुटसल प्रतियोगिताका लागि मञ्चले पहिलो पुरस्कार ३० र द्वितीय २० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गर्ने भएको छ । बैठकले मञ्चको कोषाध्यक्ष रहेका सुदिप शिवाकोटी रोजगारीको शिलशिलामा विदेश रहेकाले कार्यसमिति सदस्य पुष्पराज अधिकारीलाई कोषाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको उपाध्यक्ष सुवास विडारीले जानकारी दिए ।