२०८१ बैशाख ५, बुधबार    

कांग्रेस चोकमा कांग्रेसको प्यानलै विजयी

२०७९ जेठ २, सोमबार १८:४८ बजे

स्थानीय तह सदस्य निर्वाचन -२०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णु गोपाल महर्जन वडाध्यक्षमा विजयी भएका छन्। 

सोमबार बिहान सम्पन्न  मतगणना अनुसार महर्जनले १२ सय ५८ मत प्राप्त गर्दै वडाअध्यक्षमा निर्वाचित भएका हुन्।अर्का प्रत्यासी नेकपा एमालेका हरि राउतले  ८ सय ६४ मत प्राप्त गरेका छन् । 

वडाध्यक्षमा मर्हजनसँगै खुला वडा सदस्यमा नेपाली कांग्रेसबाट सुरज बर्तौला (१२२६), नेकपा माओवादी केन्द्रबाट ईन्द्रप्रसाद रिजाल (११७३), महिला सदस्यमा नेकपा एकीकृत समाजवादीबाट तारा ढुंगाना (१३६२) र दलित महिलातर्फ नेपाली कांग्रेसबाट मैया परियार (१२५५) निर्वाचित भएका छन्। निर्वाचित सबै गठबन्धन दलका उम्मेदवार रहेका थिए।