२०८१ बैशाख १४, शुक्रबार    

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला हेटौंडामा

२०७९ भाद्र ४, शनिबार ०८:४८ बजे

वाग्मती प्रदेशको राजधानी हेटौंडामा देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला हुने भएको छ । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ ले हरेक वर्ष गर्ने अध्यक्ष र सचिवहरुको भेला यस वर्ष हेटौंडामा गर्न लागेको हो ।

रोट्रयाक्ट हेटौंडा र मकवानपुरले हेटौंडामा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी १० सेप्टेम्बर अर्थात भदौ २५ गते देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवाहरुको भेला हुने जानकारी गराएको हो । सम्मेलनमा रोट्रयाक्ट मकवानपुरका अध्यक्ष प्रदिप कुमार राईले मकवानपुरमा पहिलो पटक देशभरको अध्यक्ष र सचिवहरु हुन लागेको बताए ।

उनले देशभरका करिब १ हजार जनाको सहभागिता रहने भेलाले वर्षभरमा गरिएको कार्यको समिक्षा र भावि कार्य योजना बारेमा बृहत क्षलफल र निष्कर्ष निकाल्ने बताए । उनका अनुसार, भेलामा देशभरको १ सय ७६ रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु र भारतलगायत बाहिरी देशका प्रतिनिधिहरुको समेत सहभागिता रहने छ ।