२०८१ बैशाख २१, शुक्रबार    

सिस्नेरीमा गाडिएको अवस्थामा भेटियो महिलाको शव

२०७९ मंसिर २५, आईतबार १४:०३ बजे

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरीमा गाडेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट कुकर सहितको घटनास्थल पुगेको प्रहरी टोलीले महिलाको शब निकालेको हो । घटनाको विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको बुझिएको छ । यस विषयमा मकवानपुर प्रहरी भने अझै मौन रहेको छ ।

उक्त महिला केही दिनदेखी हराइएको बुझिएको छ । शव र घटनास्थलको अनुसन्धान भइरहेकोले घटनाको विवरण आउन अझै केही समय लाग्ने बुझिएको छ ।