२०८१ बैशाख १८, मंगलबार    

चट्याङ लागेर राक्सिराङमा महिलाको मृत्यु

२०७९ भाद्र २२, बुधबार ०९:०७ बजे

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर एक वृद्ध महिलाको ज्यान गएको छ । ज्यान जानेमा राक्सिराङ-२ बरेटार की ६२ बर्षीया कालिमाया स्याङतान रहेको जनाइएको छ । 

मंगलबार साँझ घर नजिकै बारीमा गएको समयमा उनलाई  चट्याङ लागेको थियो । चट्याङ लागेको उनको घटनास्थलमै ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन् ।

घटनाको मुचुल्काको लागि बुधबार बिहान इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थल तर्फ गएको जनाइएको छ।