सत्ता गठनबन्धनमा दलहरूले पाउने मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसले ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय‚ एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने भएको छ ।
गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ भने माओवादीले गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको हो ।
आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत रहेको स्रोतले जनाएको छ । अन्तिम समयमा कुनै पनि दलले विवाद सिर्जना नगरे अहिलेसम्मको सहमतिअनुसार यिनै मन्त्रालयमा सहमति टुंगिएको बताइएको छ ।