२०८१ बैशाख २६, बुधबार    

रुँगटा वेलफेयर सोसाइटीद्वारा आश्रमलाई कम्बल सहयोग

२०७९ पौष १४, बिहीबार १०:०५ बजे

रुँगटा वेलफेयर सोसाइटी वीरगञ्जले मानव सेवा आश्रम हेटौंडालाई कम्बल सहयोग गरेको छ ।

पोषक व्रिडर फार्म प्रालि हेटौंडा र ओसीबी पैलेट फिड हेटौंडाको सहयोगमा आश्रमलाई २५० वटा कम्बल सहयोग गरिएको हो । सोसाइटी तथा कम्पनी अध्यक्ष मुरलीधर रुँगटाले आश्रमका सहयोगीहरुलाई ऊक्त सामग्री हस्तान्तरण गरेका थिए । आश्रमले लामो समयदेखि सडक मानव मुत्त देश बनाउनका लागि काम गरिरहेको छ । आश्रममा सडकपेटीमा भेटिएकाहरु आश्रित छन् ।

कम्बल हस्तान्तरण कार्यक्रममा रुँगटा वेलफेयर सोसाइटीका पदाधिकारी एवम् सदस्य, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतम र उद्योग बाणिज्य संघ मकवानपुर उपाध्यक्ष राजु अधिकारीलगायत सहभागी थिए ।