२०८१ बैशाख १६, आईतबार    

राप्ती पुल नजिकै दुर्घटना, एकको मृत्यु, दुई घाइते

२०८० कार्तिक २७, सोमबार ११:४७ बजे

हेटौंडा उपमहानगरपालिका—११ थानाभर्‍याङमा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा २ जना घाइते भएका भएका छन । हेटौंडा राप्ती पुलनजिकै भएको मोटरसाइकल दुर्घटनामा हेटौंडा उपमहानगरपालिका—४ का २२ वर्षीय महेन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीले वताए ।

मोटरसाइकल पछाडि सवार रहेका हेटौंडा—२ की वेविसा खडकी र विनिता थापा घाइते भएका थिए । वेविसा खड्कीलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । तीन जना सवार ना ६ प ७०५५ नम्बरको मोटरसाइकल उक्त मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा लडेको थियो ।