२०८१ बैशाख ६, बिहीबार    

मकवानपुर–१ मा राप्रपाका सिंह विजयी

२०७९ मंसिर ८, बिहीबार १३:३१ बजे

मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् ।

उनले नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र राप्रपा नेपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् । सिंहले २ हजार ३९३ मतको फरकमा विजयी भएका हुन् ।

कुल ९१ हजार ५८३ म खसेकोमा विजयी सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गरिन् । एमालको चुनाव चिन्हबाट उम्मेदवार बनेका थापाले २५ हजार ४२० मत प्राप्त गरे । राप्रपाले हेटौंडामा २८ वर्षपछि विजयी भएको हो ।

२०५१ सालको निर्वाचनमा राप्रपाका तत्कालिन उम्मेदवार कमल थापाले एमालेका कृष्ण दाहाललाई पराजित गर्दै विजयी भएका थिए ।