२०८१ बैशाख ८, शनिबार    

डीआईजी बज्राचार्य बेहोस, हेटौंडामा उपचारहुँदै

२०७९ श्रावण ३०, सोमबार ०९:४५ बजे

वाग्मती प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्य बेहोस भएकी छन् ।

हेटौंडा–११, स्थित आफ्नै कार्यालयमा सोमबार विहान रक्तदान गरेपछि प्रहरी नायब महानिरीक्षक (डीआईजी) बज्राचार्य बेहोस भएकी हुन् । आफ्नै कार्यालयमा बेहोस भएकी बज्राचार्यलाई उपचारका लागि हेटौंडा ल्याइएको छ ।

उनको हाल हेटौंडा–१ स्थित सन्चो अस्पतालको इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ । अस्पाताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अहिले अस्पतालको सुरक्षा व्यवस्था असाध्यै कडा पारिएको छ ।