२०८० चैत्र १६, शुक्रबार    

राक्सिराङमा कांग्रेस विजयी

२०७९ जेठ ३, मंगलबार १७:५८ बजे

मकवानपुरको विकट गाउँपालिका राक्सिराङमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजकुमार मल्ल विजयी भएका छन् ।

मल्लले आफ्नो प्रतिद्वन्द्वीलाई ९०९ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । मल्लले ५ हजार ४८१ मत प्राप्त गरेका थिए । राक्सिराङमा एमालेका उम्मेदवार बाबुलाल स्याङ्तानले ४ हजार ५७२ मत प्राप्त गरे ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रका वनस्थम थिङ विजयी भए । उनले ४ हजार ८३९ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी सुन्तलीमाया प्रजाले ४ हजार १२९ मत प्राप्त गरिन् ।