२०८१ बैशाख १३, बिहीबार    

एमाले सांसदद्वारा मुख्यमन्त्रीलाई बजेट पुस्तिका फिर्ता

२०७९ असार १२, आईतबार १७:४२ बजे

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पुस्तिका सरकारलाई नै फिर्ता गरेको छ। एमालेले बजेट संशोधन गरेर आउनुपर्ने माग गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाइ बजेट पुस्तिका फिर्ता गरेको हो ।

प्रदेशको सवैभन्दा ठूलो दललाई बाइपास गरेर बजेट निर्माण गरिएको र आफ्नो सरकारहुँदा सुरु गरिएको योजनाहरु कटौती भएको र चुनाव लक्षित कार्यक्रम ल्याएकोभन्दै सांसदहरुले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई भेटेरै बजेट पुस्तिका फिर्ता गरेका हुने । उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर एमालेका सांसदहरुले आफूहरुको योजना बजेटमा नसमेटिएकोभन्दै विरोध गरेर बजेट वक्तव्य फिर्ता गरेका थिए ।

‘बजेट सन्तुलित छैन । यसले जनताको हित पनि गर्दैन । चुनाव लक्षित गरेर सानासाना योजना ल्याइएको छ । यो असाध्यै गलत हो ।’, एमाले सांसद अरुण नेपालले भने । उनले प्रतिपक्षी दलले भनेको कुनै पनि योजना बजेटमा नसमेटिएको बताए ।