२०८१ बैशाख १३, बिहीबार    

राप्तीरोडबाट लागूऔषध गाँजासहित दुईजना पक्राउ

२०७९ भाद्र १८, शनिबार १४:५५ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७४ किलो ७ सयग्राम अबैध लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० स्थित राप्तीपुल नजिकै रहेको पूर्वपश्चिम सडकखण्डमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०१ ०२५ च १९४२ नम्बरको तरकारी बोक्ने पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा गाडीको पछाडी ढालाभित्र तरकारी राख्ने क्रेटमा लुकाएर राखिएको अवस्थामा लागूऔषध गाँजा ७४ किलो ७०० ग्राम फेला पारेको हो ।

प्रहरीले गाँजासहित गाडी चालक नुवाकोट बिदुर नगरपालिका–१३, बर्मानगरका ३१ वर्षीय प्रकाश तामाङ र सोही गाडीमा सवार पर्सा ठोरी गाउँपालिका–३ बस्ने बर्ष ३४ वर्षीय चन्द्रकुमारी श्रेष्ठ सहित पिकअप गाडीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको विषयमा थप अनुसन्धान गरिरहेको मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।