२०८१ जेठ ४, शुक्रबार    

कर्रामा सवारी दुर्घटना दुइजना घाइते

२०७८ फाल्गुन २४, मंगलबार १७:४० बजे

हेटौंडाको कर्रामा सवारी दुर्घटनाहुँदा दुईजना घाइते भएका छन् ।

हेटौंडाबाट पशुपतिनगरतर्फ जाँदै गरेको ना.२९ प ९१२५ नम्वरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ च १५४६ नम्वरको बोलेरो गाडीले ठक्कर दिँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते हुनेहरुमा स्कुटर चालक ४५ वर्षीया प्रतिमा शाक्य र स्कुटरमा सवार ३८ वर्षीया यशोधा पौडेल रहेको छन् ।

घाइतेमध्ये स्कुटरमा सवार पौडेलको अवस्था गम्भीर रहेको छ । उनलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको छ । अर्का घाइते शाक्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए ।