२०८१ बैशाख १२, बुधबार    

मनहरी गाउँपालिकामा कालाखेती र पुलामी निर्वाचित

२०७९ जेठ ४, बुधबार २१:२१ बजे

मकवानपुरको मनहरी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सीता पुलामी विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले बुधबार साझ सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार सत्तारुढ गठबन्धनतर्फका उम्मेदवार रहेका कालाखेतीले ९ हजार ३ सय १६ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ४ हजार ९ सय ७० मत पाए । ६ हजार ४ सय ७० मतसहित नेकपा माओवादी केन्द्रकी सीता पुलामी पालिकाको उपाध्यक्ष निर्वाचित भइन् । उपाध्यक्षका आकांक्षी नेकपा एमालेकी उम्मेदवार सुजिता थिङले ५ हजार ४ सय ५४ मत प्राप्त गरिन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडाको अध्यक्ष जितेर पालिका हाँकेको नेकपा एमाले यस पटकको निर्वाचनमा ४ जना वडा सदस्यमा सीमित बनेको छ । नेकपा एमालेले मनहरी–९ मा ४ जना वडा सदस्य मात्रै जितेको छ भने २०७४ सालको निर्वाचनमा २ वटा वडामा सीमित बनेको नेपाली कांग्रेसले यसपटक ६ वटा वडासहित पालिका अध्यक्ष जितेको छ भने नेकपा माओवादी केन्द्रले पालिकाको उपाध्यक्षसहित ३ वटा वडा अध्यक्ष जितेको छ ।