२०८१ बैशाख ७, शुक्रबार    

राष्ट्रिय भेट्रान्सको खेल तालिका सार्वजनिक, २२ गते फाइनल

२०७९ भाद्र १५, बुधबार १८:१३ बजे

हेटौंडा–७, नागस्वतीमा ४० वर्षमाथिको राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक नागस्वती भेट्रान्स क्लबले भदौ १८ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने नागस्वती राष्ट्रिय भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । स्थानीय नवज्योति माविको मैदानमा हुने प्रतियोगितामा १८ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

आयोजक क्लब अध्यक्ष सोमबहादुर तितुङका अनुसार प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा करिब १५ लाख ५० हजार रुपैयाा खर्च अनुमान गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका तथा अन्य संघसंस्थाबाट सहयोगको अपेक्षा गरिएको आयोजकले जनाएको छ । क्लबको साधारणसभाबाट गरिएको निर्णयअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको हो ।