२०८१ बैशाख ७, शुक्रबार    

भीमफेदीमा सावरी दुर्घटना हुँदा १० जना घाइते

२०७९ आश्विन ९, आईतबार १७:१० बजे

मकवानपुरको भीमफेदीमा सावरी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आइतबार दिउँसो काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ५५२३ नम्वरको सुमो भीमफेदी–६ सिमल्टारमा अनियन्त्रित दुर्घटना हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार, घाइते सबै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।