२०८१ बैशाख १७, सोमबार    

टीसीएनमा हुने महोत्सवको तयारी पूरा, २५० स्टल रहने, दैनिक राष्ट्रिय कलाकारको प्रस्तुती

२०८० पौष ४, बुधबार १५:२२ बजे

मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा विहीबारबाट हेटौंडामा सुरु हुने वृहत् खेलकुद तथा व्यापार महोत्सवको तयारी पूरा भएको छ ।

हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा पुस ५ गतेदेखि १७ गतेसम्म महोत्सव हुने र तयारी पूरा भएको आयोजक खेलकुद विकास समितिले हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । समिति अध्यक्ष वेष खड्कीका अनुसार महोत्सवको उद्घाटन वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नेछन् । मेलामा करिब २ सय ६० वटा स्टल रहनेछन् ।

‘अन्य महोत्सव र यसमा केही फरक छ । हामी मेला अवधिभर किनमेल, सांगीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता समेत आयोजना गर्नेछौं ।’, खड्कीले महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए । उनका अनुसाल मेला स्थलमै राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुनेछन् ।

महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उधान समेत राखिएको छ । महोत्वसमा जुवाजन्य क्रियाकलाप र मादक पदार्थ विक्री तथा सेवनलाई पूर्णरुपमा निषेध गरिनेछ ।’, खड्कीले महोत्सवमा दैनिक नेपालका चर्चित राष्ट्रिय कलाकारको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती रहनेछ ।

महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गरिने जनाएको छ । महोत्सवबाट समितिले करिब २० लाख रुपैयाँ प्राप्त गर्ने दावी गरिएको छ ।