२०८० चैत्र १६, शुक्रबार    

बर्डफ्लु नियन्त्रणमा प्रशासनको तीन बुँदे निर्णय, नाकामा चेकजाँचमा कडाई

२०७८ फाल्गुन ३०, सोमबार १८:५८ बजे

हेटौंडा/मकवानपुरको भीमफेदी गाउँपालिका–२, आापचौरस्थित लिला थिङको कुखुरा खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले नियन्त्रणको प्रयास अघि बढाएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा सोमबार बसेको बर्डफ्लु नियन्त्रण समितिले तीन बुँदे निर्णय गर्दै बर्डफ्लु नियन्त्रणका प्रयासका लागि तयारी अघि बढाएको हो । प्रजिअ पाण्डेले बर्डफ्लु संक्रमण देखिएको स्थानमा टोली खटाएर काम अघि बढाइसकेको बताए ।

‘हामीले तीन वटा निर्णय गरिसकेका छौं ।’ उनले भने, ‘नाकामा कुखुरा चेकजाँचलाई तीब्रता दिने, संक्रमित स्थानमा रहेका व्यक्तिको स्वास्थ्य जाँच गर्ने, बर्डफ्लु संक्रमण पुष्टि भएको इलाकाभित्र चेकजाँचलाई तत्काल अघि बढाउने । यी निर्णय भएका छन् ।’ थिङको खोरमा टर्की ४३, लोकल कुखुरा १८, लौकाट ६, बोइलर १४ र परेवा २० वटा मरिसकेको छ ।

मकवानपुरमा ३ वर्षअघि बर्डफ्लु देखिएको थियो ।