२०८१ बैशाख १२, बुधबार    

मकवानपुर–२ महेशलाई उछिन्न विरोधलाई हम्मेहम्मे

२०७९ मंसिर ७, बुधबार १७:५९ बजे

प्रतिनिधिसभा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता कायम राखेका छन् ।

उनले अग्रता बनाउँदा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका विरोध खतिवडालाई पछि परेका छन् । एमालेका बर्तौलाले १ हजार ६०७ मतको अग्रता बनाउँदा उनलाई उछिन्न खतिवाडालाई हम्मेहम्मे पर्ने देखिएको छ । सुरुवात देखि नै पछि परेका खतिवडा बर्तौलालाई उछिन्न प्रयासरत रहेका छन् ।

कुल ५५ हजार ४९९ मत गन्दा एमालेका बर्तौलाले २१ हजार ८४४ मत पाएका छन् । उनलाई एकीकृत समाजवादीका खतिवडाले २० हजार २६७ मतसहित पछ्याइरहेका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ७ हजार ७२० मत प्राप्त गरेका छन् ।

गतआइतबार सम्पन्न मतदानमा कुल ८६ हजार ६५२ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।