२०८१ भाद्र ३०, आईतबार    

स्थानीय तह जनप्रतिनिधिविहीन हुँदैन : मुख्यमन्त्री पाण्डे

२०७८ माघ ११, मंगलबार १८:४२ बजे

हेटौंडा/ वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्थानीय तह जनप्रतिनिधिविहीन नहुने दावी गरेका छन् ।

एकीकृत नेकपा (समाजवादी)का केन्द्रीय उपाध्यक्ष समेत रहेको मुख्यमन्त्री पाण्डेले स्थानीय तहको निर्वाचनको सन्दर्भमा दलहरुवीच भइरहेको छलफलमा आफू सहभागी नभएको बताउँदै भने,‘स्थानीय तह भ्याकुम हुने अवस्था सिर्जना हुँदैन ।’

राष्ट्रिय सभा निर्वाचनको वाग्मती प्रदेशतर्फ मतदान स्थल हेटौंडा औद्योगिक क्षेत्रको मंगलबार दिउँसो स्थलगत निरीक्षणको क्रममा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको स्थानीय तहमार्फत् हुने कुनै पनि काम अवरोध सिर्जना नहुने दावी समेत गरे । ‘स्थानीय तह जनप्रतिनिधिविहीन हुँदैन । प्रदेश सरकारको स्थानीय तहमार्फत् भइरहेको सवै योजना कार्यान्वन हुन्छ ।’, उनले भने । प्रदेश सरकारका अधिकांश योजना स्थानीय तहमार्फत् कार्यान्वयन गर्ने गरिएको छ ।

राष्ट्रिय सभाको निर्वाचन बुधबार हुँदैछ ।