२०८१ बैशाख ३१, सोमबार    

मकवानपुरको दशै स्थानीय तहमा गठबन्धन अगाडि

२०७९ बैशाख ३१, शनिबार १९:०८ बजे

मकवानपुरको दशवटै स्थानीय तहमा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ ।

साँझ ७ बजेसम्मको मतगणना अनुसार सवै स्थानीय तहमा गठबन्धन अगाडि बढेको हो । हालसम्म जिल्लाको १०२ वटा वडामध्ये ५ वटा वडाको नतीजा सार्वजनिक भइसकेको छ । जसमध्ये नेपाली कांग्रेसले ३ वटा, एमाले र माओवादी केन्द्रले १/१ वटामा विजयी भएको छ । हेटौंडा उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा सत्तारुढ गठबन्धनले आफ्नो अग्रतालाई विस्तारै फराकिलो बनाउँदै लगिरहेको छ ।

हेटौंडमा सत्तारुढ गठबन्धन, एमाले र राप्रपावीच रोचक प्रतिस्पर्धा देखिएको छ । उपमेयरमा भने कांग्रेसले दुईसय भन्दा बढी मतान्तर कायम गरिसकेको छ । हेटौंडाको हाल मतगणना भइरहेको चारवटा वडामा कांग्रेसले दुई र एमालेले दुईवटा वडामा अग्रता लिइरहेको छ ।