२०८१ बैशाख १६, आईतबार    

मेला महोत्सवमा प्रतिबन्ध लगाउन माग

२०८० कार्तिक २०, सोमबार १४:१० बजे

मकवानपुर उद्योग बाणिज्य संघले मेला तथा महोत्सवमा प्रतिबन्ध लगाउन माग गरेको छ ।

संघअन्तर्गत् वस्तुगत समन्वय समितिले सोमबार हेटौंडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ध्यानाकर्षण पत्र बुझाउँदै असम्बन्धित संघसंस्थाले गर्ने मेला तथा महोत्सवमा प्रतिबन्ध लगाउन माग गरिएको हो ।

समिति संयोजक राजु अधिकारीले बजारमा अहिले आफ्नो क्षेत्राधिकार बाहिर गएर मेला आयोजना गर्ने होडबाजी चल्न थालेकोतर्फ सचेत गराउँदै यसले मेला व्यवसाय प्रबर्द्धनका लागि भन्दा पनि नाफाघाटा र निजी दाउपेचमा केन्द्रीत भएको बताएका छन् ।

‘स्थानीय व्यवसायीहरुको व्यवसायमा असर पार्ने, मेलाको गरिमा घट्ने, असम्बन्धित संघसंस्था मेला गर्न तम्सिने र मेला विकृति भइ अराजक हुने सम्भावना बढिरहेको छ ।’, अधिकारीले विषयगत संघसंस्थाले आफ्नो विषय अनुसारको एक्सपो गर्न जरुरी रहेको औंल्याए । मउवा संघले समेत व्यवसायीको आग्रहमा तीनवर्षमा एकपटक मात्र मेला गर्ने गरेको उनले पत्रमा स्मरण समेत गराएका छन् ।