२०८० चैत्र १६, शुक्रबार    

हेटौंडा उपमहानगरविरुद्ध अख्तियारमा सवैभन्दा बढी उजुरी

२०७९ भाद्र १५, बुधबार १८:०३ बजे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा स्थित कार्यालयमा प्राप्त उजुरीहरु मध्ये गत आर्थिक वर्ष २०७८/०७९ मा हेटौंडा उपमहानगरपालिकाबाट सबैभन्दा बढी १६९ उजुरी दर्ता भएको तथ्याङ्क रहेको छ ।

कार्यालयको तथ्याङ्कमा उल्लेख भए अनुसार मकवानपुरको अन्य स्थानीय तहको तुलनामा हेटौंडा उपमहागरपालिकाबाट गत आर्थिक वर्षमा १२४ वटा उजुरीहरु परेको उल्लेख गरिएको छ । सूचना अधिकारी  विष्णु प्रभा सापकोटाका अनुसार थाहा नगरपालिकाको ८ वटा, इन्द्र सरकोवर गाउँपालिकामा ४ वटा, कैलाश गाउँपालिकाको १२ वटा, बकैयाको २१ वटा, बागमती गाउँपालिकाको ६ वटा, भीमफेदी गाउँपालिकाको १२ वटा, मकवानपुरगढी गाउँपालिकाको २० वटा, मनहरी गाउँपालिकाको ४२ वटा, राक्सिराङ गाउँपालिकाको १६ वटा उजुरी परेको छ ।

हेटौंडा उपमहानगरपालिकाको अघिल्लो आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवारी सरेर आएको ४५ वटा र गत आर्थिक वर्षमा दर्ता भएको १२४ वटा गरि १६९ उजुरी दर्ता भएको उनले बताए । उक्त उजुरीहरु मध्ये आयोगले गत आर्थिक वर्षमा ११८ वटा उजुरीहरुको छानविन गरी फछ्र्यौट गरेको छ । जसमा अघिल्लो आर्थिक वर्षको ३२ वटा र गत आर्थिक वर्षको ६ वटा रहेका छन् । अघिल्लो आर्थिक वर्षको १३ र गत आर्थिक वर्षको ३ वटा गरी ५१ वटा उजुरीहरु चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएको सूचना अधिकारी सापकोटाले जानकारी दिए ।

यसैगरी थाहा नगरपालिकाको ८ वटा उजुरी दर्ता भएका छ । दर्ता भएको उजुरी मध्ये ७ वटा उजुरी फछ्र्यौट भइसकेको छ । यस्तै इन्द्र सरोवर गाउँपालिकाको ४ वटा उजुरी दर्ता भई ४ वटै उजुरी फछ्र्यौट भएको सूचना अधिकारी सापकोटाले बताए ।

कैलाश गाउँपालिकामा १२ वटा उजुरी दर्ता भएमा ९ वटा फछ्र्यौट भएको तथ्याङमा उल्लेख छ । बकैया गाउँपालिकामा २१ वटा उजुरी दर्ता भएको र १६ वटा उजुरी फछ्र्यौट भएको छ । बागमती गाउँपालिको भने ६ वटा उजुरी दर्ता भएकोमा ५ वटा फछ्र्यौट भएको छ । भीमफेदी गाउँपालिकाको दर्ता भएको १२ वटा उजुरीमध्ये ८ वटा फछ्र्यौट भएको छ ।

मकवानपुरगढी गाउँपालिकाको २० वटा उजुरी दर्ता भएकोमा १४ वटा उजुरी फछ्र्यौट भएको छ । मनहरी गाउँपालिकाको दर्ता भएको ४२ वटा उजुरी मध्ये ३६ वटा फछ्र्यौट भएको छ । राक्सिराङ गाउँपालिकाको १६ वटा उजुरी दर्ता भएकोमा १० वटा फछ्र्यौट भएको छ ।