२०८१ बैशाख १७, सोमबार    

मकवानपुर प्रहरीद्वारा ४ लाख बराबरको कांसको भाडा बरामद

२०८० श्रावण २६, शुक्रबार १५:३३ बजे

मकवानपुर प्रहरीले करिब ४ लाख रुपैयाँ बराबरको भन्सार छली ल्याएको कांसका सामान बरामद गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–१५, रातमाटे चेकपोष्टबाट प्रहरीले कांसको थाल र कचौरासहित एकजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ग.१ ख ९६३४ नम्बरको यात्रुबाहक बसमा लुकाएर राखिएको कांसका थाल २५० थान र कचौरा ३९४ थान फेला पारी बरामद गरिएको हो ।

प्रहरीले अवैधरुपमा सामानहरु ओसारपसार गरेको आरोपमा सोही बसमा यात्रा गरिरहेका मोरङ उर्लाबारी–७ का वेद कार्कीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद सामान करिब चारलाख रुपैयाँ बराबरको भएको अनुमान गरेको छ ।

प्रहरीले सोही स्थानमा वीरगञ्जबाट हेटौंडा आउँदै गरेको ना.१ ज ८६९० नम्बरको माईक्रोबाट अवैध कपडा बरामद गरेको छ । माइक्रोमा प्रहरीले शंका लागि चेक गर्दा डिक्किमा लुकाएको कुर्ता सेट–३६ थान र साडी–२४ थान बरामद गरेको हो । कपडाको मूल्य करिब ६० रुपैयाँ रहेको प्रहरीको अनुमान छ ।