२०८१ बैशाख १४, शुक्रबार    

नेपाल टेलिकमको नेटवर्कमा समस्या

२०७९ माघ ३, मंगलबार १२:३६ बजे

नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । मङ्गलबार मध्यान्ह १२ बजेदेखि टेलिकमको नेटवर्कमा फोन लाग्न छोडेको हो ।

टेलिकम सूत्रले कम्पनीको नेटवर्कमा समस्या आएको पुष्टि गरेको छ । यद्यपि के कारणले सेवा अवरुद्ध भएको हो भन्ने विस्तृत विवरण भने आउन बाँकी छ ।

टेलिकमका एक उच्च अधिकारीले सामान्य कारणले नेटवर्कमा समस्या आएको र चाँडै समाधान हुने बताए । अहिले केही पोस्टपेड मोबाइल प्रयोगकर्ताले फोन नलाग्ने, डेटा नचल्ने, एसएमएस नजाने जस्ता समस्याको सामना गरिरहेको गुनासो गरिरहेका छन् ।