२०८१ बैशाख १२, बुधबार    

४५ किलोग्राम गाँजासहित ५ जना पक्राउ

२०७९ फाल्गुन ५, शुक्रबार १४:०२ बजे

मकवानपुर प्रहरीले अवैध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित भित्री सडकखण्डबाट ४५ किलो ६० ग्राम गाँजासहित ५ जनालाई पक्राउ गरेको हो ।

कुवापानीतर्फबाट बस्तिपुरतर्फ आउँदै गरेको बा २१ च ९३२६ नम्बरको क्रेटा कार र ना २१ प १०९० नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा सो कारभित्र लुकाइ ल्याएको ४५ किलो ६० ग्राम गाँजा बरामद भएपछि उनीहरूलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा कारचालक पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ बस्ने २० वर्षीय ब्रजेशकुमार तेली, कारमा सवार सोही नगरपालिका वडा नम्बर ९ बस्ने ४० वर्षीय नैमोदिन देवान, १९ वर्षीय छोटु गुप्ता कलुवार, सोही नगरपालिकाको वडा नम्बर ७ बस्ने २२ वर्षीय सन्तु राउत कुर्मी र हेटौडा उपमहानगरपालिका–१९ बस्ने १९ वर्षीय नवराज थिङ रहेका छन् ।

प्रहरीले बरामद गाँजा, कार र मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धानका साथै कानुनी प्रकृया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनीहरूलाई विशेष सूचनाका आधारमा प्रहरी चौकी लेवट मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।