२०८० चैत्र १६, शुक्रबार    

ज्येष्ठ नागरिकलाई घरघरमा कोसेली पुर्‍याउँदै मीना लामा

२०७९ जेठ २८, शनिबार २०:५७ बजे

गाउँमा पुग्ने मत माग्ने अनि मत पाएपछि जनतलाई बिर्सेर बस्ने भन्ने आरोपलाई तोड्दै उपमहानगरका प्रमुख मीनाकुमारी लामा कोसेलीसहित घरघर पुगेकी छिन् ।

शनिवार हेटौंडा उपमहानगर–१६, १७ र १८ नम्बर वडामा रहेको ज्येष्ठ नागरिकको लागि सम्मानको कोसेली बोकेर प्रमुख लामा घरमै पुगेकी हुन् ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग, ज्येष्ठ नागरीक वडा मञ्चको व्यवस्थापन र जेष्ठ नागरिक जिल्ला संघको आयोजनामा हेटौंडा उपमहानगरका १९ वटै वडाका ज्येष्ठ नागरिकको लागि न्युनतम सामग्री बाढ्ने काममा नगर प्रमुख लामा घर/घर पुगेकी हुन् । उपमहानगरले मञ्चसँगको सहकार्य र वडाको सिफारीसमा प्रति वडा ३/३ जना ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप आवश्यक चप्पल, ओड्नी, रुमाल, टर्च र छाता, नेलकटर, हर्लिक्स दिँदै सम्मान गरेको संघका कोषाध्यक्ष बेगम बरालले जानकारी दिइन् ।

संघले वडा स्तरमा गठन गरेको वडा मञ्चको सहयोगमा घरघरै पुगेर सम्मान गर्ने गरेको उनले बताइन् । सम्मानमा संघका अध्यक्ष हरिप्रसाद सिग्देलसहित पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो ।