२०८१ बैशाख ८, शनिबार    

अपाङ्गको सारथी बानियाँ

२०७९ कार्तिक १७, बिहीबार १६:०३ बजे

समाजमा रहेका हरेक वर्ग समुदायका पीडा र दर्दमा मल्हम लगाउन पुग्ने नेताको रुपमा परिचित छन् मकवानपुरका ईन्द्रबहादुर बानियाँ । राजनीतिलाई पेशा बनाउनुहुन्न भन्ने मान्यता राख्ने बानियाँको आफ्नो छुट्टै पेशा र व्यवसाय छ ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका छन् । जनताको हरेक दुःखका सारथीका रुपमा रहेका बानियाँबाट धेरैको जीवन परिवर्तन भएको छ । जीवन व्यवहार चलाउन सहज भएको छ । सहयोग सानै किन नहोस् तर बानियाँको सहयोगबाट धेरैले ठूलो आत्मसन्तुष्टी लिने गरेका छन् । बानियाँको सहयोगबाट परिवारकै जीवन गुजार्न सफल हुनेमध्येका एक हुन् हेटौंडा–३ स्थित नर्सिङडाँडाका ईन्द्रमान सिं बस्नेत । ४१ वर्षीय बस्नेत ५ वर्षअघिसम्म ट्रक चालक थिए । २०७४ सालमा धादिङमा ट्रक दूर्घटना हुँदा उनको दायाँ खुट्टा नै गुमाउनुप¥यो । खुट्टा नै गुमाएपछि चालकको रोजगारी सदाको लागि गुमाउनुप¥यो । बुबा, श्रीमती र छोराको भरणपोषणको जिम्मेवारीसमेत निर्वाह गरिरहेका ईन्द्रलाई आफ्नो खुट्टासँगै रोजगारी नै गुमेपछि ठूलो संकट आइपर्यो । उनले कृत्रिम खुट्टा सहयोगको लागि धेरैतिर हार गुहार गरे ।

हेटौंडा उपमहानगरपालिका, नारायणी संघलगायतले कृत्रिम खुट्टा पनि सहयोग दियो तर, त्यो खुट्टा धेरै टिकेन । परिवारको दैनिकी चलाउन उनले केही वर्षदेखि अटो सञ्चालन गरिरहेका बस्नेतले सहयोगको लागि नेता ईन्द्रबहादुर बानियाँलाई आग्रह गर्दा २ वर्षअघि नगद ५० हजार रुपैयाँ व्यक्तिगत रुपमा सहयोग प्राप्त गरे । ‘त्यतिबेला उहाँले दिएको पैसाले नयाँ कृत्रिम खुट्टा किनेर हिँडे, धेरैपछि यो खुट्टाले पनि काम गर्न छाडेपछि फेरि अर्को नयाँ खुट्टा प्राप्त गरेको छु ।’ बस्नेतले भने । गत भदौमा बानियाँ आफैंले ७५ हजार रुपैयाँ बराबरको कृत्रिम खुट्टा किनेर दिएपछि बस्नेत झनै खुसी भएका छन् ।

‘ईन्द्र दाइ त मेरो जीवनको साथी नै बनिदिनुभएको छ, मलाई सहयोगको लागि धेरैतिर भौतारिएँ तर, कसैबाट राम्रो सहयोग पाइनँ । अहिले ईन्द्र दाइले निरन्तर सहयोग गरिरहनु भएको छ । खुसी छु ।’ बस्नेतले कृतज्ञता व्यक्त गरे । अहिले अटो चलाएर बस्नेतले दैनिक ५ सयदेखि एक हजारसम्म कमाई गरिरहेका छन् । त्यसबाट उनको घर खर्च टरेको छ ।

हेटौंडा–९ स्थित बिह्वल पोखरेल पनि बानियाँको साथ र सहयोगबाट पुलकित छन् । २२ वर्षको कलिलो उमेरमै पाँच वर्षअघि मोटरसाइकल दूर्घटनामा परी मेरुदण्ड भाँचिएका पोखरेलको थेरापी अकुपन्चरलगायतको लागि आर्थिक अभाव भइरहेको थियो । नेता बानियाँले उनको उपचारको लागि तत्कालीन समयमा ५० हजार नगद सहयोग गरेका थिए । बानियाँको सहयोगबाट अकुपन्चर र थेरापी सकेर केही हिँड्नसक्ने भई पोखरेल अस्पतालको बेडबाट निस्किए ।

बानियाँको सहयोग त्यतिमै मात्रै सिमित बनेन । मेरुदण्ड भाँचिएर अपाङ्ग बनेका २७ वर्षीय पोखरेलको परिवारको दैनिकी टार्न सहयोग होस् भनी रोजगारीमासमेत जोडिदिएका छन् । पोखरेल हाल नेपाली कांग्रेस बागमती प्रदेश कार्यालयमा कर्मचारीको रुपमा कार्यरत छन् । उनी भन्छन्– ‘ईन्द्र दाइ त मेरो जीवनमा भगवान नै भएर आउनुभयो । उपचार चाहिएको बेला सहयोग पाएँ, अहिले रोजगारी पाएको छु । घर चलाउन धेरै सहज भएको छ ।’ उनको परिवारमा बुबाआमा र श्रीमती छन् । मोटरसाइकल दुर्घटनामा परी बायाँ खुट्टा गुमाएका राक्सिराङ गाउँपालिका वडा नम्बर ४ कोथलीटारका जितन चेपाङलाई पनि केही समयअघि बानियाँले नगद २५ हजार रुपैंया सहयोग गरेका थिए ।

तत्कालीन नेपाली कांग्रेस संसदीय दलका नेता रहेका बानियाँले संसदीय दलबाट निर्णय गराई चेपाङलाई आर्थिक सहयोग गरेका हुन् । आफू दुखी र गरिबको सेवामा हरदम तयार रहेको भन्दै बानियाँले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । ‘म कुनै पदमा हुँदा पनि नहुँदा पनि म मेरो व्यक्तिगत रुपमै भएपछि गरिब, भोका नाङ्गाको सेवामा हाजिर हुनेछु ।’ बानियाँले भने–‘अबको चुनावपछि कांग्रेस माओवादी, समाजवादीसहितको गठबन्धनको सरकार बन्ने निश्चित छ । त्यसबेला पनि हामीले सरकार ितवबरबाट गरिब, आवासबिहीन, अपाङ्ग, पिछडिएका जनताको लागि विशेष कार्यक्रम ल्याउनेछौं ।’