२०८१ बैशाख ६, बिहीबार    

टुक्रे योजना नल्याउन मन्त्री लामाको कांग्रेस कार्यकर्तालाई आग्रह

२०८० जेठ ९, मंगलबार १०:२५ बजे

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्क्री बहादुरसिं लामाले आगामी बजेटमा टुत्रे योजना समावेश गर्न गाह्रो हुने बताएका छन् ।

वाग्मती प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई मंगलबार हेटौंडा–२ स्थित नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको निवासमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले टुक्रेभन्दा पनि धेरै जनता लाभान्वित हुने योजना लिएर आउन आग्रह गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका लामाले धेरै कार्यकर्ताले टुक्रे योजना लिएर आएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

शुभकामना आदानप्रदानमा वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, विना बिभागीय मन्त्री रामकृष्ण चित्राकार, खानेपानी, उर्जा तथा सिाचाई मन्क्री तीर्थ लामा तथा सांसद लक्ष्मी श्रेष्ठले मन्तव्य व्यत्त गरेका थिए । कांग्रेस मकवानपुरका महासमिति सदस्य दिनेश उपाध्यायले कार्यक्रमको आयोजना गरेका हुन् ।