२०८१ बैशाख १९, बुधबार    

भन्सार छली र चोरीको सामान बरामद

२०८० असार १८, सोमबार ०९:३६ बजे

मकवानपुर प्रहरीले आइतबार भन्सार छली तथा चोरी गरी ल्याएको झण्डै एकलाख १२ हजार ८ सय रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ । 

प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा वीरगञ्जबाट हेटौंडा आउँदै गरेको ना ७ ख ११८१ नम्बरको बस जाँच गर्ने क्रममा भन्सार छली ल्याएको उक्त परिणामको सामान बरामद गरेको हो । 

बसबाट बिलबिजक नभएको २२४ थान महिलाले लगाउने कुर्था र ४ थान सुरुवाल गरी करिब एकलाख १२ हजार ८ सय रुपैयाँ बराबरको अवैध कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

काकरभित्ताबाट हेटौंडातर्फ आउँंदै गरेको प्रदेश १–०२–००१ ख ९७५७ नम्बरको बसबाट बिलबिजक नभएको रेड लेबल लेखिएको टि पाउडर ११६ प्याकेट बरामद गरेको छ । उक्त पाउडरको मूल्य करिब ९२ हजार ८ सय रहेको प्रहरी निरीक्षक घिमिरेको भनाई छ ।
बरादम गरेको सामग्रीहरु आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।