२०८१ बैशाख ८, शनिबार    

वाग्मती प्रदेशसभा अधिवेशन पुस १८ गते

२०७९ पौष १४, बिहीबार १६:१४ बजे

वाग्मती प्रदेशसभाको नयाँ अधिवेशन पुस १८ गते दिउँसो १ बजेबाट सुरु हुने भएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सोमबारका लागि ११ औं अधिवेशनको आह्वान गरेका हुन् । वाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठकले १८ गते अधिवेशन आह्वान गर्न बुधबार प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

प्रदेशसभाका सदस्यहरुले बिहीबार पद तथा गोपनियताको शपथ लिइसकेका छन् ।