२०८१ बैशाख २२, शनिबार    

मन्त्री दुलालका पीएसओ मृत भेटिए

२०८० कार्तिक २१, मंगलबार १४:०३ बजे

वाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालका सुरक्षार्थ खटिएका प्रहरी झुण्डिएर मृत अवस्थामा भेटिएको छ ।

हेटौंडा–११ स्थित शहीद स्मारक नजिकै वनदेवी मन्दिरको जंगलमा झुण्डिर मृत्यु भएको अवस्थामा प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदीलाई मंगलबार विहान भेटिएको हो । सुवेदीको इलाका प्रहरी कार्यालय खानीखोला धादिङ दरबन्दी रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सुवेदी मनहरी गाउँपालिका–७, विजौनाका हुन् ।