२०८१ बैशाख १७, सोमबार    

गढीका टोल विकासलाई सहयोग

२०८० असार २०, बुधबार १०:१७ बजे

मकवानपुरगढी गाउँपालिका–६ मा रहेका सबै टोल विकास संस्थालाई विभिन्न सामग्री सहयोग गरिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली र वडा अध्यक्ष कृष्ण बजगार्इंले संस्थाका अध्यक्ष नकुल चौलागाईंलाई संयुक्त रूपमा सामाग्री हस्तान्तरण गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७९/८० को विनियोजित ५ लाख बजेबाट ७ वटा संस्थालाई आवश्यकताको आधारमा टेबल, कुर्सी, फोटोकपी मेसिन, प्रिन्टर लगायतका सामाग्री सहयोग गरिएको अध्यक्ष बजगाईंले जानकारी दिए ।