२०८१ बैशाख १७, सोमबार    

इन्द्रसरोबरमा सवारी दुर्घटना, घलानको मृत्यु, ड्राइभर नियन्त्रणमा

२०८० मंसिर १७, आईतबार ११:३७ बजे

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ कुवामा एकजनाको वृद्धा महिलाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान बस्ने ७० बर्षीया कान्छीमाया घलान रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय मकवापनुरका अनुसार चखेल मातातिर्थ सडक खण्डअन्तर्गत् काठमाडौंबाट चखेलतर्फ आउँदै गरेको बा. ख ७२७२ नम्बरको बसमा कान्छीमाया याक्रा गरि आएकी थिइन् । इन्द्रसरोबरका कुवामा बसबाट ओर्लने त्रममा चालकले बस अगाडी बडाउँदा उनी लड्न पुगेकी थिइन् । सोही क्रममा बसको टायरले उनलाई ठक्कर किचेर गम्भीर घाइते बनाएको थियो ।

उनको उद्धार गरी ट्रमा सेन्टर काठमाडौं पठाइएको अवस्था गम्भीर भएपछि थप उपचारका लागि बि एण्ड बि अस्पताल काठमाडौं पठाइएको थियो । उनको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस चालक सोही स्थानका २६ वर्षीय राजकुमार दोङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।