२०८१ बैशाख ७, शुक्रबार    

हेटौंडा जेसीजमा बर्तौला र बनियाँको उम्मेदवारी

२०७९ पौष १, शुक्रबार १४:३६ बजे

हेटौंडा जेसीजको अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयुक्त राजदेव बनियाँका अनुसार हेटौंडा जेसीज सन् २०२३ को अध्यक्षका लागि श्रवणकुमार बर्तौला र पंकजदास बनियाँले उम्मेदवारी दर्ता गराएका हुन् । कार्यकारी उपाध्यक्षमा भने चारजनाको उम्मेदवारी दर्ता भएको छ । विकेशलाल श्रेष्ठ, अमृत बर्तौला, संगीत श्रेष्ठ र विवेकआनन्द न्यौपानेको उम्मेदवारी परेको छ । चारजनाबाट दुईजना निर्वाचित हुनेछ ।

उपाध्यक्षमा भने चारजना सर्वसम्मत चयन भएका छन् । सन्तोष पराजुली, सञ्जयकुमार न्यौपाने, राजुप्रसाद श्रीवास्तव र मिलन ढकाल चयन भएका छन् । मतदान शनिबार हुनेछ । हेटौंडा–९ स्थित कर्रामा रहेको जेसीज सचिवालयमा हुने छ ।