२०८१ बैशाख १८, मंगलबार    

रातोमाटेमा भएको सवारी दुर्घटनामा चारजना भारतीय घाइते

२०८० बैशाख ६, बुधबार १६:०९ बजे

पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–१५, रातोमाटेस्थित नयाँबस्ती चोकमा सवारी दुर्घटनाहुँदा चारजना भारतीय नागरिक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दिउँसो करिब ३ बजेको समयमा बाराबाट हेटौंडा बजारतर्फ आउँदै गर्दा ना.५ ख ८५६२ नम्बरको जिप्सन बोकेको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको भारतीय टीएस ०९ एफएक्स ३१७७ नम्बरको कारलाई ठक्कर दिँदा कार सवारमा चारजना घाइते भएका हुन् ।

घाइते हुनेमा आन्द्र प्रदेश तेनालीका ७० वर्षीय को साहिबाबु, भारत हैदाराबादका ३८ वर्षीय राजेश एलीगल्ला, ७६ वर्षीय सुरेन्द्र नारल्ला, र कार चालक ४८ वर्षीय कृष्ण नारल्ला रहेका छन् । उनीको टाउँको चोट लागेको छ । घाइते चारैजनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

दुवै सवारी र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।