२०८१ बैशाख २७, बिहीबार    

नेपाल सामू यूएईको विशाल लक्ष्य

२०७८ माघ २९, शनिबार १३:२२ बजे

हेटौंडा/ नेपाल सामू यूएईले विशाल लक्ष्य प्रस्तुत गरेको छ । चारदेशीय ट्वान्टी–२० शृंखलामा नेपालविरूद्ध यूएईले शनिबार आक्रामक व्याटिङ गर्दै १९३ रनका विशाल लक्ष्य प्रस्तुत गरेको हो ।

यूएईले २० ओभरमा ३ विकेट गुमाएर उक्त योगफल तयार गरेको हो । अघिल्लो खेलमा ओमानमाथि हावी देखिएका नेपाली बलर यूएई समक्ष कमजोर देखिएका थिए । नेपालका कप्तान तथा स्पिनर सन्दिप लामिछानेबाहेक अन्य बलर यूएई समक्ष असाध्यै कमजोररुपमा प्रस्तुत भएका थिए ।

युएईका ओपनर चिराग सुरीले ५३ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८४ रनको अविजित इनिङ खेले । सुरीले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । सुरीको यो टि २० आई करिअरको उत्कृष्ट प्रदर्शन हो । दोस्रो विकेटका लागि सुरी र मुस्तफाले ९७ रनको उत्कृष्ट साझेदारी गरेपछि युएईले विशाल योगफलको आधार तय गरेको थियो ।