वाग्मती प्रदेशको राजधानी हेटौंडामा बुधवारबाट माइग्रेन्ट कृषि मार्ट सञ्चालनमा आएको छ ।
रिर्टर्नी कृषि तथा पशुपालन कम्पनीद्वारा सञ्चालित मार्टको वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले औपचारिक रुपमा उ󠄀द्घघाटन गरेसँगै मार्ट सञ्चालनमा आएको हो ।
हेटौंडा ५ स्थित पिप्लेमा सञ्चालनको क्रममा रहेको मार्टले पत्रकार सम्मेलन गर्दै विदेशबाट फर्किएका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षण गर्ने उद्देश्यले र व्यवसायीक कृषिको प्रवद्धन गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको रिर्टर्नी कृषि तथा पशुपालन कम्पनीका अध्यक्ष सरोज पुडासैनीले बताए ।
हाम्रो नयाँ कृषि सहकारी संस्थाअन्तर्गत् रहेर सञ्चालनमा ल्याएको मार्टले देशभर आफ्नो शाखा विस्तार गर्ने अभियानअन्र्तगत् हेटौंडा तेस्रो मार्टको रुपमा आउन लागेको पुडासैनीले बताए ।
मार्टले कृषकहरुलाई वीउविजन, प्राविधीक जनशक्तिको साथसाथ किसानबाट उत्पादित वस्तुहरु आफै खरिद गर्ने समेत बताएको छ ।
रिटर्नी माइग्रेन्टले युवाहरूलाई प्राथमिकता किटान गरिएको र जुनसुकै क्षेत्रमा न्युनतम २ वर्ष कामको सिलसिलामा विदेशबाट फर्किएका युवाहरूलाई लक्षित गरेर उनीहरुको सिप क्षमतालाई देशकै उत्पादनमा केन्द्रितण् गर्ने हेतुले सञ्चालनमा ल्याएको पुडासैनीले बताए । पत्रकार सम्मेलनमा मार्टका सञ्चालक समितीका पदाधिकारी , सदस्यलगायतको उपस्थिती रहेको थियो ।