२०८१ बैशाख १९, बुधबार    

लागूऔषधसहित पदमपोखरी सोल्टीचोकबाट गोरे पक्राउ

२०७९ श्रावण १६, सोमबार १८:०१ बजे

मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित हेटौंडा–१२, पदमपोखरीबाट एकजनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी पदमपोखरी र जिल्ला प्रहरी कार्यालयमकवानपुरबाट खटिएको प्रहरी टोलीले २४ वर्षीय गोरे भाई भन्ने अमित लामालाई अवैध लागूऔषध ओनरेक्स १४८ बोतलसहित उनलाई पक्राउ गरेको हो ।

प्रहरीले गारेको घर कोठामा खानतलासी गर्दा दानाको बोराभित्र प्लाष्टिकको झोलामा लुकाएर राखेको अवस्थामा लागूऔषधसहित उनलाई पक्राउ गरिएको हो । गोरेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइरहेको छ ।