२०८१ बैशाख २२, शनिबार    

कार्यालयमै तास खेल्दै महानगर प्रहरी

२०८० बैशाख २१, बिहीबार १७:४२ बजे

काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरु कार्यालयमै तास खेल्ने गरेको पाइएको छ । 

टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएको छ । नगर प्रहरी बलको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएपछि यस्तो तथ्य बाहिरिएको हो ।

कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी नायव निरीक्षक नीरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानियाँ छन् । बानियाँ भने कम्पनी करार मार्फत नगर प्रहरीमा आएका हुन् । तास खेलिरहेको उनीहरुको तस्वीर बुधबार दिउँसोको भएको महानगरपालिका स्रोतले जनाएको छ ।

कार्यालयमा तास खेल्ने नगर प्रहरीलाई छानबिनको प्रक्रियामा ल्याइएको महानगरपालिका स्रोतले जनाएको छ । ‘तास खेलिरहेको तस्वीर हामीले पनि देख्यौं, अहिले अन्य व्यक्तिलाई पनि छानबिनको दायरामा ल्याएका छौं ।