२०८१ बैशाख २२, शनिबार    

डाक्टर कुटपिटमा संलग्नलाई तीन दिन म्याद थप

२०८० भाद्र २९, शुक्रबार १५:२३ बजे
  1. !डाक्टर कुटपिटको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध हेटौंडामा थप अनुसन्धानका लागि तीनदिनको म्याद थप भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार जिल्ला अदालत मकवानपुरले ३ दिनको म्याद थप गरी ४ जनालाई प्रहरी हिरासतमा राखि अनुसन्धान गर्न समय दिएको जानकारी दिए ।

प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न भएकाहरुलाई सीसीटीभी फुटेजका आधारमा विहीबार ४ जनालाई पक्राउ गरिएको थियो । अन्यको खोजी भइरहेको उनले बताए ।

गत साउन २५ गते डेंगु संक्रमणका कारण हेटौंडा–१२ का राजेश प्रधानको मृत्युको विषयलाई लिएर डाक्टरहरु माथि हातपात भएको थियो । प्रधानको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । त्यसअघि हेटौंडा–१ स्थित उक्र अस्पतालमा उपचारका लागि भर्न भएका प्रधान थप उपचारका लागि भरतपुर गएका थिए ।