२०८१ जेठ ३, बिहीबार    

ओभरलोड बोक्ने ९७ टिपरलाई कारबाही

२०७८ माघ ७, शुक्रबार १७:२७ बजे

हेटौंडा/ तोकिएकोभन्दा बढी लोड बोक्ने ९७ वटाटिपरलाई कारबाही गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले जिल्लाको विभिन्न स्थानमा सवारी चेकजाँच गर्दै कारवाही गरेको हो ।

प्रहरीले हेटौंडा– ११ स्थित पूर्वपश्चिम लोकमार्ग, हेटौंडा–१ स्थित तिरतिरेधारा तथा मनहरी गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्गमा सवारी चेकजाँच गरी ओभरलोड बोक्ने ९७ वटा टिपरलाई कारवाही गरेको हो ।

हेटौंडा बजार क्षेत्रमा तोकिएभन्दा बढी लोड टिपरले बोक्ने गरेको गुनासो सर्वत्र आएसँगै प्रहरीले सक्रियता देखाएको हो । विशेष गरी हेटौंडामा रहेको सिमेन्ट उद्योगको ढुङ्गा बोक्ने टिपरले ओभर लोड बोक्ने गरेका छन् ।